। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा फेङ्होले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलेशनिबार जानकारी दिएको छ । उनी आइतबार साँझ नै फर्कनेछन् ।