२४ मंसिर ०७८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठूला दलहरुको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको…