११ कार्तिक ०७८, काठमाडौं । प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८” पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गरेका हुन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका…