१८ कात्तिक ०७८, ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको बताएका छन् । नेपाल संवत् ११४२ का अवसरमा आज विहीबार नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताएका छन् । “पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको…