[caption id="attachment_5003" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] ६ कार्तिक ०७८,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत राखेसँगै एमालेमा नयाँ विवादको विउ रोपिएको छ । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई वेवास्ता गरेपछि रावलले पाँच पृष्ठ लामो फरक मत राखेका…