१२ माघ ०७६, काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा…