६ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्या्दित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको…