९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टी विभाजन भएपछि एमालेले बोलायो केन्द्रिय कमिटी बैठक




१० असोज ०७८,काठमाडौं । पार्टी औपचारिक रुपमा विभाजन भएसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए ।
बैठक बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा १० बुँदे प्रस्ताव, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यमाथिको कारबाही अगाडि बढाउने रहेको छ । न्युज कारखानाबाट

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।