१९ जेठ ०७८, ललितपुर । आगामी जेठ ३१ गतेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । उपत्यकाका तीन जिल्लामा सञ्चालित तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास तथा किराना पसल, डिर्पाटमेन्ट स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि…