काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएपछि अहिले ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । मन्त्रालयको काममा शुक्रवार हेटौडा पुगेर काठमाडौं फर्किएपछि खनाललाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा कृषीमन्त्री खनाललाई शुक्रराज ट्रपिकल तथा सरुवा…