३१ जेठ ०७८, काठमाडौँ, । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर समुदायस्तरमा परीक्षणको दायर बढाउन सरकारसँग आग्रह गरेको छ । आयोगले खोप लगाउने कार्यलाई व्यवस्थित गर्न, खोपमा लक्षित वर्गको पहँुच सुनिश्चित गर्न, कोभिसिल्डको पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था मिलाउन आग्रह गरेको हो । आयोगमा प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको…