२२ वैशाख ०७८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो । मन्त्रालयले क्वारेन्टिनका लागि आज जारी गरेको होटलमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित…