१५ पुस ०७७, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पेरिसडाँडामा बुधबार बसेको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । यसअघि, प्रचण्ड–माधव समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । बागमती प्रदेशमा १ सय १० जना सांसद छन्…