काठमाडौँ, ५ भदौ ०७७ (रासस) ः नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज(शुक्रबार) ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४ सय ८३ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको…