काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ । बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको हो । साथै चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ…