२१ जेठ ०७७, रोम (रासस–एएफपी) इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो । गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो…