१२ माघ ०७८, कपिलवस्तु । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने निजी विद्यालयका शिक्षक (प्राचार्य)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो । दुवै विद्यालयले कक्षा…