१२ वैशाख ०७८, काठमाडौं। स्वास्थ्य मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा कडाइ गरेको छ । नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लाएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड(१९ को परीक्षण गर्ने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न…