१६ जेठ ०७७, प्युठान । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् । घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको दायाँ हात भाँचिएको…