२ असार ०७९, काठमाडौं ।ललितपुरको गोदावरी १३ झरुवाराशीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरी काअनुसार ललितपुरको गोदावारी नगरपालिका १३ झरुवारासीस्थित ढलेपिपल बस्ने ४० वर्षीय अम्बिका बिशंखे आफ्नै घर नजिकै खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।