काठमाडौं २६ माघ । काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्तावलाई पैसा बाड्ने भएको छ । उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो । महानगरकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अङ्क प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरेको…