१५ फागुन ०७८, काठमाडौं । काठमाडौंमा एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा बन्द गराउने तथा सवारीसाधनमा तोडफोड गर्ने १३ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो। बानेश्वर, सुन्धारा र चाबहिललगायत स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बन्दकर्ताले दूध बोक्ने गाडी र दुईवटा बसमा…