२२ माघ ०७८, ललितपुर । भकुण्डेबेसीका एक पुरुष ललितपुरको ग्वार्कोमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को चोकमा ललितपुर ईमाडोल बस्ने काभ्रे भकुण्डेबेशी नगरपालिका ९ घर भएका ४६ वर्षीय रामशरण अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।