ललितपुर खबर १७ कात्तिक ०७८, ललितपुर । ललितपुरमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार अपरान्ह एक सूचना प्रकाशित गरि तिहारमा राती ९ बजेसम्म देउसी भैलो खेल्न पाउने अन्यथा कानून बमोजिम कारवाही हुने जानकारी दिएको छ । कार्यालयले कोरोना संक्रमणको जोखिम अझैं रहेको जानकारी दिदै स्वास्थ्य मापदण्ड…