ललितपुर खबर ३ मंसिर ०७९, ललितपुर । निर्वाचनको पुर्वसन्ध्यामा देशभरका विभिन्न ठाँउमा शंकास्पद बस्तु भेटिएसँगै दक्षिण ललितपुरको महाकाल गाँउपालिकामा पनि शंकास्पद बस्त भेटिएको छ । गोटिखेल प्रहरी चौकीका अनुसार महाकाल गाँउपालिका ४ कालेश्वर छेपारेडाँडामा खाल्टो खनेर धोक्रो राखी सो ठाँउमाथि ससाना दाउरा राखिएको अवस्थामा शंकास्पद बस्तु राखिएको हो । शंकास्पद बस्तु निर्वाचन केन्द्रित भई गोटिखेलमा…