काठमाडौँ १८ असोज । पाँचदिने तेस्रो अन्तरराष्ट्रिय कला प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरु भएको छ । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रदर्शनीको उद्घाटन गर्दै नेपाल कला, संस्कृति, भाषा र जातिका विविधता र प्राकृतिक सौन्दर्यले भरिएको मुलुक भएकाले यो पहिचानलाई विश्वव्यापी बनाउन आवश्यक भएको बताए । नेपाल कुनै पनि मुलुकको अधिनमा नरहेको गौरवशाली…