२ जेठ ०७९, ललितपुर । सुपरहिट चलचित्र चपली हाइटका नायक राज घिमिरे ललितपुरस्थित गोदावरी नगरपालिका ३ गोदावरीका वडाध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका नायक घिमिरेले १०५९ मत ल्याएर वडाध्यक्ष जितेको नगरपालिकाले जानकारी दिएको छ । निजामती सेवाको जागिर छोडेर राजनीतिमा होमिएका एमालेका उम्मेदवार आचार्यले १० मतले पराजय भएका हुन् ।…