काठमाडौं भनिन्छ, चलचित्र समाजको ऐना हो । चलचित्रमा देखिने कलाकारहरुले जे गर्छन्, प्रशंसकहरुले त्यही सिक्छन् । कुनै समय नेपाली दर्शकहरु राजेश हमाल,निखिल उप्रेती,भुवन केसीलगायत ‘हिरो’हरुको जीवनशैलीलाई फ्यानहरुले पछ्याएका हुन्थे। उनीहरुले जस्तै हेयर स्टाइल, पोशाक प्रयोग गरे त्यस्तै बनाएर हिड्थेँ युवाहरु । युवाहरु राजेश हमालको स्टाइलमा लामो कपाल पाल्थेँ,कोही भुवन केसीको स्टाइल छोटो चटक्क पार्थे ।…