काठमाडौँ राजधानीमा १२ देशका १७ नाटक देखाउने तयारी गरिएको छ । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन गरेर देखाउने तयारी भएको हो । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार विश्वभरबाट एक सय १५…