१७ फागुन । रेखा थापाको चलचित्र 'उपहार'को तेस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश 'कहिले बार बिर्सिन्छु' बोलको गीत युट्युब च्यानल ओएस डिजिटलमार्फत सार्वजनिक गरिएको हो। डान्सिङ प्याटनमा तयार पारिएको गीतमा मायाप्रेमको भाव व्यक्त गरिएको छ। एकअर्काको मायाप्रेममा पर्दा गते, बारदेखि संसार बिर्सिएको कुरा गीतमा देखाइएको छ। इन्दिरा अधिकारीको शब्द रहेको गीतमा अञ्जु पन्त र…