१९ असोज । दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज २६ गते (आउँदो शुक्रवार)बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ ।…