११ असार । अहिलेको समय डिजिटल प्रविधिमय छ । नेपाली चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मका हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मै हुन्छ । यो समयसम्म आउन नेपाली चलचित्रले सेलुलाइड युगलाई पार गरेको थियो । त्यतिबेला चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो…