काठमाडौं । गत माघमा नेपालमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वान’ अब भारतीय हलहरूमा पनि प्रदर्शन हुने भएको छ । भारतमा रहेका नेपाली भाषी दर्शकलाई लक्षित गर्दै नेपाली भाषामै चलचित्र प्रदर्शन गरिने भएको हो । भारतीय वितरक शान्ति डिस्टिब्युटर्सको सहकार्यमा चलचित्र मुम्बइ, चेन्नइदेखि लिएर दार्जिलिङ, सिक्किमसम्म प्रदर्शन गरिने निर्माता थमन कुमार भण्डारीले जानकारी दिए…