पाटन (ललितपुर) १३ असोज । दक्षिण ललितपुरको मानिखेल र देविचौरमा पहिरोमा परेर घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका–७ देविचौरका ठूली रुम्बा र सञ्जु रुम्बाको उद्धार गरिएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले जानकारी दिएका छन् ।…