काठमाडौँ १२ माघ । पूर्वी नेपालको उर्लाबारी नगरपालिका १ चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।…