ललितपुर ३ पुस । ललितपुरको लेलेमा एक अपरिचित पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ लेले पहाडीस्थित देउपुजी सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । साथै काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित टहरामा डेरामा अर्का पुरुष मृत फेला परेका छन् ।…