२३ असोज । आउँदो शुक्रबार दक्षिण ललितपुरको नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुने भएको छ । कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा पाथीभरा सो–क्योकुशिन कराँते डोजोको आयोजनामा नल्लु फुटबल ग्राउण्डमा शुक्रवार र शनिवार प्रतियोगिता हुन लागेको प्रशिक्षक विजय घलानले ललितखबरसँग बताए । उनले भने, ‘दक्षिण ललितपुरको खेल विकाश र डोजो खेलाडीको मनोबल बढाउने उद्देश्यका साथ प्रतियोगिता…