१३ मंसिर । बागमती गाउँ पालिकामा शैक्षिक सुधारको लागि गरेका कार्यक्रमको अनुगमन गरिएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालले नेदरल्याण्डको वल्ड एन डेडको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको अनुगमन गरिएको हो । अनुगमनमा वल्ड एन डेड नेदरल्याण्डका प्रतिनिधिहरू र संस्थाका नेपाल प्रतिनिधि,जनप्रतिनिधि र पत्रकारलगायतको सहभागीता थियो । बागमती गाउँ पालिकाका सातकन्या आधारभूत…