काठमाडौँ २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाललाई पार्टी केन्द्रीय समितिको आजको बैठकले सबै पदबाट हटाएको छ । पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो । उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । उनको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी…