काभ्रेपलाञ्चोक १ भदौ । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा पछिल्लो समय आन्तरिक धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । सो स्थानमा हरेक शुक्रबार र शनिबार दृश्यावलोकन स्तम्भ (टावर)चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउँछन् । “गोसाइँस्थान र दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या बृद्धि हुँदै गएको…