१४ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी साधन चल्ने भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर विजारको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।…