१३ जेठ ०७८, ललितपुर । कोरोना सङक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगरपालिका र बिध प्रयोगशाला बीच समझदारी भएको छ । समझदारीअनुसार युएनपार्कमा रहेको प्रयोगशालाले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ । प्रयोगशालाले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा…