७ साउन ०७८, काठमाडौं । एशियाली विकास बैंकले कोरोना विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण दिने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न यो रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।…