२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ स्थिर



१९ साउन ०६८,काठमाडौं ।  सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन सोमबार १ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमवार प्रतितोला १२ सय ८५ मा कारोबार भएको चाँदीको मूल्य मंगलवार १० रुपैयाँले घटेको हो। मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।