१६ असोज ०७७, ललितपुर । दक्षिण ललितपुरको भट्टेडाँडामा सञ्चालित खानी खोला जलविद्युत् आयोजनाको शेयर एकाएक बढेको छ । केही महिना अघिसम्म ५० रुपैयाँ हाराहारीमा नेप्सेमा कारोबार भइरहेको खानीखोलाको शेयर विहीबार १ सय १७ रुपैयाँमा पुगेर रोकिएको छ । पछिल्लो समय जलविद्युत्को शेयरमा उछाल आएपछि खानीखोलाको शेयर मूल्यमा पनि बढोत्तरी आएको हो । आइपिओ किनेको मूल्यको…