काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो । सूचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध…