काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक बजारमा आएको भारी गिरावटपछि आज सेयर बजार बलियो सुधार देखिएको छ। विगत बिहीबार नकारात्मक सर्किट लागेर ६ प्रतिशतले घटेको बजार आज पुनः उकालो लाग्दै बन्द भएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १११.७० अंकले बढ्दै २,६२३ बिन्दुमा कायम भएको छ। कुल २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मात्रै…