काठमाडौँ ७ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ । महानगरले आव २०८०÷८१ मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार को बजेट ल्याएको थियो । आगामी आव २०८१÷८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ…