ललितपुर । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा माइलालाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ । सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई बुधबार ललितपुरमा रहेको सदर चिडियाखानामा ल्याइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको “माईला”लाई सौराहाको प्राकृतिक संरक्षण कोषको कार्यालयमा ल्याएर हुर्काइएको थियो ।…