चापागाँउ
ललितपुरको चापागाँउमा लागू औषध फेला परेको छ ।
गोदावरी नगरपालिका १० प्याङगाउँमा प्रहरीको चेकजाँचको क्रममा लागू औषध भेटिएको हो ।
ललितपुर प्रहरीका अनुसार अस्थायी प्रहरी विट प्याङ्गाउँबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २० ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका ३ घर भएका २८ वर्षीय विजय कुमार स्याङ्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बाराबाट काठमाडौंतर्फ आउँदै गरेको बा।६ च ६२८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक विजय कुमार पक्राउ परेका हुन् ।
पछिल्लो समय कान्तिलोकपथ हुँदै लागु औधष उपत्यका भित्रने क्रम बढेको छ ।
केही समयअघि कान्तिलोकपथ हुँदै लागूऔषध ल्याउदै गरेको अवस्थामा वागमती ३ छपेलीबाट लागू औषधसहित कारोबारीमा संलग्नहरु प्क्राउ परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अध्ययन सुरु गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया